१५ बैशाख २०८१, शनिबार
Header

कोभिड अस्पतालका चिकित्सकहरुलाई महानगरले सोध्यो – कस्तो सहयोग चाहिन्छ ?


प्रकाशित: मंगलवार, २८ बैशाख २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड अस्पतालका चिकित्सकहरु छलफल गरेको छ । 


मंगलवार अस्पतालका चिकित्सकहरुलको छलफलमा प्रमुख शाक्यले अस्पताललाई महानगरबाट कस्तो सहयोग चाहिन्छ ? आफूहरुलाई भन्न आग्रह गरे । 


महानगरले अस्पतालको क्षमता बढाउन आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको बताउँदै प्रमुख शाक्यले भने,‘ सडक पछि बनाउँला, विकासका काम पछि नै गरौँला । अहिले सबै मिलेर कोविड संक्रमण रोकौँ । यसबाट हुने मानवीय क्षति रोकौँ । यसका लागि तपाईहरुलाई काठमाडौँ महानगरले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्नोस। हामी सहयोग गछौँ ।’ 


छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा। विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सकहरु सहभागी रहेका थिए । 


चिकिस्तकहरुले अक्सिजन, बेड, भेन्टिलेटर तथा अस्पतालमा विरामी ल्याएपछि उनीहरुको व्यवस्थापनको लागि महानगरले सहयोग गर्नु पर्ने धारणा राखेका थिए । 


अक्सिजन प्लान्टहरु स्थापना गर्दै जानुपर्छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन कामपछि घरमाभन्दा क्वारेन्टीनमा बस्ने प्रबन्ध गरिदिनुपर्छ । काम गर्दा लगाउने व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइदिनुपर्ने महानगरबाट अपेक्षा रहेको चिकित्सकहरुले बताए । 


अस्पतालहरुमा पोर्टेवल एक्स रे मेसिन, अल्ट्रा साउण्ड मेसिन नहुँदा विरामीलाई अन्यत्र पठाउनु पर्ने भएको र पर्याप्त नहुँदा कोविड र ननकोविड विरामीलाई एउटै मेसिन निसंक्रमण गरेर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यसप्रकारका उपकरण अस्पतालहरुलाई चाहिएको उपचार चुनौतीका विषयमा अनुभव सुनाएका थिए । 


छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशाकसीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोविड अस्पताल व्यवस्थापन शिफारिस समिति’का संयोजक एवं वडाध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD