१४ बैशाख २०८१, शुक्रबार
Header

कोभिड–१९ रोकथाममा काठमाडौं महानगरले गरे यी कार्यहरु


प्रकाशित: शनिवार, १५ जेठ २०७८, १३ः३० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आईसोलेसन सेन्टर स्थापनादेखि लिएर अस्पतालका उपपचर क्षमता बृद्धि गरेको जनाएको छ । 


महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरकोे सहयोगमा अहिले सम्म ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा रहेको जानकारी दिएको छ ।


महानगर आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा रहेको छ । 


त्यसैगरी नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल सुरु गरिएको छ ।


काठमाडौं महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पताललाई उपलब्ध गराइएकोे छ ।


महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४ थान भेन्टिलेटर सहयोग गरेको छ ।


त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । 


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर र महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका प्रमुख शाक्यले बताए ।


उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका प्रमुख शाक्यले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ भने कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन ल्याउने बताए । 


त्यसैगरी महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर र बेड उपलब्ध गराएका छ । महानगरले कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ तथा कोभिड १९ का बिरामीका लागि फोन नं. १०२ मार्फत १० वटा र नन कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याईसकेको छ ।  


अहिले सम्म ती एम्बुलेन्सले २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।


महानगरले समुदायमा कोभिड– १९ फैलिएपछि महानगरले महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीको निःशुल्क पीसीआर गरिसकेको छ । 


अहिले संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरेको समेत प्रमुख शाक्यले जानकारी दिए । 


महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ल खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ ।  


कोभिड नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी माध्यम बनेका खोप सेवा नेपाल सरकारको निर्देशन अनुसार ६५ वर्षमाथिका करिब ६६ हजार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप, १८ देखि ५९ वर्ष समूहका १ लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र १ लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD