१६ चैत्र २०८०, शुक्रबार
Header

कोभिडको दोस्रो डोज लगाएपछि प्रमुख शाक्यको आग्रह– ‘खोपको गलत प्रचारबाट बचौं’


प्रकाशित: आईतवार, १२ बैशाख २०७८, ०९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोभिडको दोस्रो डोज खोप लगाएका छन ।


शाक्यले टेकु अस्पताल गएर कोविड विरुद्ध दोस्रो खोप ‘कोभिशिल्ड’ खोप लगाएपछि कोभिड खोपबारे गलत सुचनाबाट बच्न समेत आग्रह गरे । 


उनले सरकारले तोकेको लक्षित समूह र तालिका हेरेर आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह समेत गरेका छन ।


साथै मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, साबुन पानी नभएको ठाउँमा स्यानिटाइजरको प्रयोग गर्न, भीड नगर्न र भीड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

 
शाक्यले भने,‘विकसित मुलुकका जनताले पैसा तिरेर पनि पाउन नसकेको खोप नेपाल सरकारले जनताका लागि निःशुल्क उपलब्ध गराएको छ । सरकारको यो कदममा सबैको साथ चाहिन्छ ।’


आफूले खोप लिएपछि कुनै पनि खालको स्थास्थ्य प्रतिकुलता नभएको, खोपपछि नियमित काममा अनुभव समेत सुनाएका थिए । महामारीबाट बचाउन अहिलेसम्मको यो उत्तम विकल्प हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD