२२ बैशाख २०८१, शनिबार
Header

कोप– २८ मा भाग लिन प्रम दाहाल पुुगे दुबई


प्रकाशित: विहिवार, १४ मंसिर २०८०, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुुवई पुुगेका छन ।


स्थानीय समय अनुसार राति करिब १ः३० बजे प्रम दाहाल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । 


दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । 


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुुगेका हुन । 


प्रम दाहालले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म हुँदैछ । 


प्रधानमन्त्री प्रचण्डले मंसिर १५ देखि १६ सम्म (डिसेम्बर १ देखि २ सम्म ) आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । 
प्रम दाहालले १६ गते शनिवार (डिसेम्बर २ तारिख)मा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD