काठमाडौं । कोटेश्वर चोकमा एक झोलमा सोमबार बेलुका शंकास्पद बस्तु राखिएको झोला फेला परेको छ ।
ट्राफिक प्रहरी बिटको पूर्वपट्टी भेटिएको सो झोलामा बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेको छ ।
प्रहरीका अनुसार डिस्पोजल टोली घट्नास्थल पुगेको र जाँच भईरहेको जानकारी दिए ।
अहिले सो क्षेत्रमा चल्ने सवारी साधनको लामो जाम भएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
Categorized in समाज