काठमाडौं । पैदल यात्रुको सहजताको लागि सरकारले कोटेश्वर – कलंकी सडकको ६ स्थानमा थप आकाशे पुल निर्माण हुने भएको छ ।
काठमाडौं चक्रपथ सुधार योजनाले थप आकाशे पुल निर्माणको जिम्मेवारी लिएको छ ।
चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई समन्वय गरिरहेको योजनाले पुल निर्माणमा सहयोग गर्ने भएको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताए ।
चिनियाँ आफैँले कोटेश्वर, ग्वार्काे र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।
Categorized in समाज