४ जेठ २०८२, शनिबार
Header

कोटेश्वर–तिनकुने सडक दुर्घट्नामा एक जना युवतीको निधन


प्रकाशित: विहिवार, २५ बैशाख २०८२, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । 


आज विहिवार विहान साढे ६ बजे भएको उक्त दुर्घटनमा परी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
प्रहरीका अनुसार अनुसार बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र.०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।


उक्त मोटरसाईलमा पछाडि बसेकी तामाङको मृत्यु भएको हो । 


उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले बताए । 


सो दुर्घट्नामा परी ३ जना घाइते भएका छन । घाईते हुनेहरुमा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्र काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी रहेको छ । 


सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।


बसका चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex