३ भाद्र २०८३, बुधबार
Header

कोटेश्वर–कलंकी सडकमा नीजी र यात्रुवाहक लेन प्रयोगमा ल्याईने


प्रकाशित: मंगलवार, २७ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी चैत्र २ गतेबाट कोटेश्वर–कलंकी सडक खण्डमा नीजी र यात्रुवाहक लेन प्रयोगमा ल्याउने भएको छ ।


८ लेन उक्त सडकमा यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउने व्यवस्था गरेको महाशाखाले बताएको छ । 


सवारी दुर्घट्नलाई मध्यनजर गर्दै महाशाखाले यस नियमको प्रयोगलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउने जनाएको छ । 


महाशाखाका अनुसार यो अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ । 


१० किमी लम्बाई भएको यस सडक खण्डमामा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ । ट्राफिक प्रहरीले यसअघि यो नियम जडिवुटी–सुर्यविनायक सडक खण्डमा कार्यान्वयन गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex