काठमाडौं । कोटेश्वरको एक सेकुवा कर्नरमा गएराती आगलागी भएको छ ।
कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा राती साढे ११ बजे आगलागी हुँदा २० लाख बराबरको क्षति भएको भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।
जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर धिरज राईले सन्चालन गर्दै आएको प्रहरीले बताएको छ ।
Categorized in समाज