१४ बैशाख २०८१, शुक्रबार
Header

कोईलाको आगो ताप्ने क्रममा कोटेश्वरका ४ जना अस्पताल भर्ना


प्रकाशित: शनिवार, ७ माघ २०७९, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । कोटेश्वरमा कोईलाको आगो ताप्ने क्रममा निसासिएर गम्भिर विरामी भएका चार जना अस्पताल भर्ना भएका छन । 


काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको सहयोगीनगरमा गएराती कुमार खत्रीको घरमा कोठाको झयालढोका बन्द गरी कोईलाको आगो ताप्ने क्रममा निसासिएको प्रहरी वताएको छ ।


९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का अस्पताल भर्ना भएका छन । यी मध्ये छलमायालाई सिभिल अस्पतालबाट छाउनीमा रिफर गरिएको छ । अरु सबैको सिभिलमै आईसियुमा उपचार भईरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD