७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कैलाश सिरोहिया पक्राउ बारे प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया..


प्रकाशित: बुधवार, ९ जेठ २०८१, १२ः०२ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ बारे संक्षिप्त प्रतिक्रिया दिएका छन । 


बुधवार काठमाडौंको चन्द्रागिरिमा पत्रकारहरूको प्रश्नमा सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला भएको उल्लेख गरे । जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम  उद्घाटन गर्न प्रम दाहाल चन्द्रागिरि पुगेका थिए ।


‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले,’ प्रधानमन्त्री दाहालले भने, ‘बढ्ता हो–हल्ला गर्न जरूरी छैन ।’ – प्रम दाहालले भने ।


अदालती प्रक्रिया पुरा भएपनि सिरोहिया निर्दोष साबित हुने, सजिलै छटुपछि समस्या पनि हल हुने प्रमले बताएका छन । 


उनले प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिएका छन । 


मंगलवार सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि  थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरी धनुषा लगिएको थियो ।


सिरोहियालाई अहिले धनुषा जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex