९ मङ्सिर २०८३, मंगलबार
Header

केही स्थानमा भारी वर्षाको सम्भावना


प्रकाशित: शुक्रवार, २७ असार २०८२, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


मनसुनको न्यूनचापीय रेखा देशको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा सरदर स्थानभन्दा अलि उत्तरतर्फ रहेको छ ।


शुक्रबार दिनभर देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । 


कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।


उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा साधारणतया बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने अनुमान छ । 


केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । बाढी तथा पहिरोको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex