५ श्रावण २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

केडब्लुडब्लु नेपालको उप–डोजो घल्पा किर्तिपुरको उद्घाटन


प्रकाशित: सोमवार, ४ साउन २०८३, १४ः१० बजे
- महानगरखबर

काठमाडौं । केडब्लुडब्लु नेपालको उप–डोजो घल्पा किर्तिपुर शाखाको उद्घाटन भएको छ । 


आइतवार एक कार्यक्रमविच किर्तिपुर नगरपालिका वडा–३ का अध्यक्ष सुविन्द्र महर्जनको प्रमुख आथित्यमा उद्घाटन गरिएको हो ।


सो अवसरमा केडब्लुडब्लु नेपालका वरिष्ठ सल्लाहाकार रामकृष्ण खड्गीको उपस्थिती रहको थियो भने केडब्लुडब्लु नेपालको अध्यक्ष श्यामलाल खड्गीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


दिनेश खड्गीको अध्यक्षतामा १३ जना कार्यसमितिको चयन समेत भई उनीहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको थियो ।


समितिको उपाध्यक्ष भुवान बहादुर तामाङ, सचिव विरेन्द्र महर्जन, सह–सचिव सुरेश अधिकारी, कोषाध्यक्ष राम खड्गी चयन भएका छन ।


त्यसैगरी सदस्यहरुमा प्रदीप भण्डारी, हिमा कार्की, राजन खड्गी, लक्ष्मी शाही महर्जन, समिर खड्गी, अभिषेक खड्गी र सनित खड्गी रहेका छ ।


उप–डोजको संरक्षक तथा सल्लाहकारमा दिलकुमार शाही रहेका छन । 


कार्यक्रममा अतिथीको रुपमा केडव्लुडव्लुका प्रथम उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव पवन रायमाझी, कोषाध्यक्ष प्रतिमा श्रेष्ठ, सदस्यहरु राधाकृष्ण ढुंगाना, विवेक वर्देवा, विनिता भण्डारीको उपस्थिती रहेको थियो । 

 


कार्यक्रममा रानीपोखरी शाखाको इन्चार्ज गणेश चौधरीको पनि अतिथी रहेका थिए । 

 

 

 


तस्वीहरुः महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex