७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

केएनडव्लु ठेचो इन्टरनेशनल कराँतेको नयाँ कार्यसमति चयन 


प्रकाशित: शनिवार, २९ भाद्र २०८१, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । ठेचो इन्टरनेशनल कराँते अर्गनाइजेशन क्योकुनिशनकइकाान क्योकुशिन वल्ड डेको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 
हालै सम्पन्न सभाबाट पवन रायमाझीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमति चयन भएको छ  । समितिको उपाध्यमा प्रदिप जीसी, सचिव रामप्रसाद सापकोटा, कोषाध्यक्ष विना महर्जन निर्वाचित भएका छन । 


त्यसैगरी, सदस्यहरुमा आस्मेन केसी, उमेश केसी, राधाकृष्ण ढुंगाना, प्रदीप ढुुंगाना, मनोज ढुंगाना, विवेक खत्री, भरोसा संजेल र विष्णु हरि केसी चयन भएका हुन । 

 


शनिावर काठमाडौंको बल्खुमा आयोजित एक कार्यक्रममा समितिका पदाधिकिारी तथा सदस्यहरुलाई पद तथा गोपिनियताका सपथ केनडव्लुका प्रथम उपाध्यक्ष प्रतिमा श्रेष्ठले गराएकी थिइन ।

 
केएनडव्लुका केन्द्रिय वरिष्ठ सल्लाहाकार रामकृष्ण खड्गीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताको शुुभकामना दिएका थिए ।

 
खड्गीले संस्थामा आर्थिक पारदर्शिता, अनुशासन, संस्थाको गोप्यता भंग गर्न नहुने, चित्त नबुुझेका कुराहरु संस्थामा प्रष्टसँग राख्नु पर्ने बताए । 

 


कार्यक्रमका प्रमुख अथिति केनडव्लुका केन्द्रिय अध्यक्ष श्यामलाल खड्गीले पनि समितिका पदाधिकिारी तथा सदस्यहरुलाई बधाई दिए । 


उनले खेलाडीहरुको विकासको लागि आफू निरन्तर लागिरहने र खेलाडीहरुले पनि इमान्दारीका साथ आफ्ना जिम्मेवारी पुरा गर्न आग्रह गरे । 


कार्यक्रममा केनडब्लु रानीपोखरी शाखाका प्रमुख  तथा केन्द्रिय ब्रान्च चिफ गणेश प्रसाद चौधरी, काठमाडौं महानगरका कार्यपालिका सदस्य विनोद अछामी, अथितीमा सिडान रत्नदास श्रेष्ठ, विषणु प्रसाद महर्जन लगायतको उपस्थिती रहेको थियो । 

 

 

 


तस्वीरहरुः विज्जु श्रेष्ठ/ महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex