१४ बैशाख २०८१, शुक्रबार
Header

कृषि विकास बैंक ह्याकिंग प्रकरणः थप ३ जना पक्राउ


प्रकाशित: शुक्रवार, १० असोज २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोललीले कृषि विकास बैंकको लुट प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ । 


महाशाखाको टोलीले शुक्रवार पर्वतका गणेश बस्याल, यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ । 


प्रहरीले अनुसन्धानको क्रममा भट्टको बैंक खाताबाट ४५ लाख रुपैयाँ, मालतीको खातामा २४ लाख रुपैयाँ फेला परेको छ ।


यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन । यस अघि गत बुधवार १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 


हिजोमात्र महाशाखाको टोलीले स्याङजाबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई नियन्त्रणमा लिएको थियो । उनको खातामा प्रहरीले ६५ लाख फेला पारेको थियो । 


भारतको मुब्बई बसेर नेपाली बैंकको ५ अर्ब लुट्ने योजनाकार अफ्रिकी मुलुक पिटर भन्ने कालले नेपाली ऐजेन्टहरु प्रयोग गरी बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD