१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कूटनीतिक सम्बन्धको ७० औं बार्षिकोत्सव मनाउन फ्रान्सका विदेश सचिव नेपाल आउने


प्रकाशित: आईतबार, २२ पुष २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल र फ्रान्सबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७० औं बार्षिकोत्सव मनाउन फ्रान्सको विदेश सविच नेपाल आउने भएको छ । 


फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दी नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउने कार्यक्रम रहेको छ । 


परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ । 


नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने सविच बैरागीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex