५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कुहिने र नकुहिने फोहोरको संकलनका लागि २ रुट, आजबाट संकलन सुरु


प्रकाशित: आईतवार, १ साउन २०७९, १२ः०१ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर संकलन सुरु गरेको छ ।


आईतवार र बुधवार कुहिने फोहोर संकलनको दिन तय भए अनुसार आज भित्री सहरको रुटबाट कुहिने फोहर संकलन गरिएको महानगरपालिकाले जनाएको छ । 


फोहर संकलन गर्ने क्रममा प्लाष्टिककै झोलामा कुहिने फोहोर ल्याएको देखिएकोपछि नगर्न वातावरण व्यवस्थापन विभागका कर्मचारीहरुले कुहिने फोहोर ल्याउँदा प्लाष्टिकमा पोको नपार्न आग्रह गरेका थिए । यसै रुटमा मंगलवार भने नकुहिने फोहर उठाइने छ । 


दोस्रो रुटमा सोमबार र विहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइने गरी महानगरले रुट छुट्टाएको हो । यसरी हप्ताको ४ दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको हो । 


आजबाट कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना गरिनेछ । 


२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न लागिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex