४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कुश्मा नगरपालिकाका मेयरद्धारा तलब भत्ता विपन्न परिवारलाई


प्रकाशित: सोमबार, ४ भाद्र २०७५, १०ः५३ बजे
- महानगरखबर

काठमाडौं ।  पर्वत जिल्लाका कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफ्नो तलव भत्ता विभन्न परिवारलाई सहयोग गरेको छ । 


नगरप्रमुख जोशीले राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताएका छन् ।  नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफनो सामाजिक कार्यको शुरुवात गरेको मेयर जोशीले बताए । 


जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयो । 


गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उहाँले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए । 


नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex