६ बैशाख २०८१, बिहिबार
Header

कुल जनसंख्याको १.४प्रतिशतले कोरोना खोप लगाए


प्रकाशित: बुधवार, १२ फागुन २०७७, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । कोभिड– १९ खोप अभियानको पहिलो चरणमा नेपालको जनसंख्याको १.४ प्रतिशतले खोप लगाएको छ । 


स्वास्थ्य तथा जनसंख्यामा विभागले मंगलवार  कोभिड– १९ खोप अभियानको पहिलो प्राथमिकताको  प्रारम्भिक चरणको तथ्यांक सार्वजनिक गरेको छ ।

 
विभागकाका अनुसार पहिलो प्राथमिकताको चरण माघ १४ देखि २४ सम्म १ लाख ८५ हजार ८६५, उपत्यकामा माघ २६ देखि ३० सम्म पत्रकार, कुटनितक कर्मचारी ३ हजार ४८० जनाले कोरोना खोप लगाए ।


पहिलो प्राथमिकताको दोसो चरण फागुन २ देखि १० सम्म २ लाख ४० हजार ३६० जनाले खोप लगाएको विभागले जनाएको छ । दुई चरण गरी जम्मा चार लाख २९ हजार ७०५ जनाले खोप लगाईसकेको छ । 


नेपालको कुल जनसंख्या ३ करोड ३७ लाख ८ हजार ५५ रहेको सिविएस प्रोजेक्सन मिडियम भेरियन्ट २०२१को तथ्यांकमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD