काठमाडौं । राजधानीको कुलेश्वरमा मारवाडी समुदायले हर्षोल्लासका साथ विहिवार होली मनाएको छ ।
काठमाडौंमा बस्ने मारवाडी समुदायको संगठन कुलेश्वर मारवाडी समाज र कुलेश्वर हनुमान सेवा समितिको आयोजना होली विशेष मनाएको हो ।
सो होली उत्सवमा राजधानीमा छरिएर रहेका मारवाडीसहित अन्य समुदायको उपस्थिति पनि उपस्थिती रहेको थियो ।
उनीहरुले होलीको अवसर पारेर विशेष समारोह आयोजना गर्दै होली पर्वको शुभकामना आदान–प्रदान गर्ने गरेका थिए ।
हरेक वर्ष फागु पूर्णिमामा मनाइने यो पर्वमा आपसमा रङ खेलेर सद्भाव साट्ने गरिन्छ ।
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बुधवार होली मनाईएको थियो भने तराईमा विहिवार होली मनाएको थियो ।
Categorized in सम्पदा/संस्कृति