काठमाडौं । मकवानपुरको कुलेखानी जलविद्युत आयोजित जलसरोव भएपछि सरकारले तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ ।
गृहमन्त्रालयले टिविट गर्दै पानीको सतह २४.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर नियमित निकास गर्नुपर्ने भएकोले केही घण्टामा बाँध खोलिने भएकोले सतर्क रहन आग्रह गरेको हो ।
ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न मन्त्रालयले भनेको छ ।
Categorized in राष्ट्रिय