१५ चैत्र २०८०, बिहिबार
Header

कुलमान घिसिङ ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मानित


प्रकाशित: शुक्रवार, २० मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङ ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मानित भएका छन । 


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्यातएवापत प्रदान गरेको हो । 


एक लाख नगद राशि र सम्मानपत्र रहेको उक्त पुरस्कार नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले घिसिङलाई हस्तान्तरण गरे ।


नाष्टका प्राज्ञ प्राडा जनार्दन लामिछानेको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD