५ जेठ २०८२, आइतबार
Header

कुम ठोक्एिको विवादमा बत्तिसपुतलीमा युवकमाथि छुरा प्रहार


प्रकाशित: आइतवार, ३० बैशाख २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । गएराती काठमाडौं–९ बत्तिसपुतलीमा बाटो हिड्ने क्रममा कुम ठोक्किएको विषयमा विवाद हुँदा एक युवकको छुरा प्रहारी गरी हत्या भएको छ । 


काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार शनिवार राती अन्दाजी ७ बजेर ५५ बजेको समयमा भएको सो घट्नामा जिल्ला मोरङ पत्थरी शनिश्चरे नगरपालिका वडा नं. ०९ घर भई हाल काठमाडौ वडा नं. ०९ गौशाला डेरा गरी बस्ने बर्ष २४ को शम्भु धिमालको हत्या भएको हो ।


बाटोमा हिड्ने क्रममा कुम ठोक्किएपछि भएको विवादमा ३/४ जनाको अपरिचित युवाको समूहले धिमाल र उनीसँगै रहेका जिल्ला मोरङ घर भई हाल काठमाडौ– ८ कुमारी मन्दिर नजिक बस्ने बर्ष २३ को मनिष चौधरीमाथि छुरा प्रहार गरेका थिए । 


प्रहरीले घट्ना लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट विशेष प्रहरी टोली घटनास्थलमा खटिई, घाईतेहरुलाई उपचारको लागि सिनामंगल स्थित के.एम.सि. अस्पताल पठाइएकोमा उपचारको क्रममा राती ९ बजेर २५ बजे धिमालको मृत्यु भएको चिकित्सकले घोषणा गरेपछि पोस्टमार्टमको लागि त्रिभुवन शिक्षण शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।


अर्का घाईते चौधरी सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 


प्ररहीले घटनामा संलग्न फरार रहेका व्यक्तिहरुलाई राती ११ बजेर २३ मिनेटको समयमा काठमाडौं –८ तिलगंगा र बिजय चोकबाट घटनामा प्रयोग भएको धारिलो हतियार (छुरी) सहित पक्राउ गरेको छ ।


प्रहरीले उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रहरीले घट्नामा संलग्नहरुको पहिचान भने सार्वजनिक गरेको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex