काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर मन्दिरको जिर्णोद्धारको अनावरण गरेका छन ।
शुक्रवार ललितपुरस्थित मन्दिरको एक कार्यक्रमविच अनावरण गरेपछि पत्नी आरजुसहित पुगेका प्रम देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गरेका थिए ।
वि.स. २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पबाट मन्दिरमा क्षति भएको यस मन्दिरको झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको मन्दिरको व्यवस्थापन समितिले बताएको छ ।
सो अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, मन्दिरका पुजारी तथा भक्तजनहरुको उपस्थिती रहेको थियो ।
Categorized in सम्पदा/संस्कृति