१५ चैत्र २०८०, बिहिबार
Header

कुमारी सेभिङको १८ औं बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: मंगलवार, १२ असोज २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभ लिमिटेडको १८ औ बार्षिक साधारणसभा जुम प्लेटफर्म मार्फत सम्पन्न गरिएको छ । 


असोज ९ गते शनिवार संस्थाको सभाबाट प्रस्तावित १५ बुँदाका विषय प्रस्तावहरुलाई अनुमोदन गरिएको छ । 


सभाले सञ्चालक समितिको तर्फबाट पेस भएको आ.व. २०७७/०७८ को संस्थाको अध्यक्षबाट पेस भएको बार्षिक प्रतिवेदन पारित, संस्थाको आ.व. २०७७/०७८ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित, संस्थाको आ.व. २०७७/०७८को लेखा परिक्षण पारित गरिएको छ । 


त्यसैगरी संस्थाको सञ्चालक समितिको निर्णय भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन, संस्थाको चालु आ.ब. २०७८/०७९को बजेट, कार्यक्रम पारित, संस्थाको विनिमय–२०५७ संसोधन गरिएको छ । 


संस्थाले चालु आ.ब. २०७८/०७९को लागि लेखापरिक्षण नियुक्त तथा निजको पारिश्रमिक तोक्ने, प्रमुख कार्यकारीको पारिश्रमिक तथा सञ्चालक समितिको सुविधा, कार्यक्षेत्र विस्तारका विषय प्रस्तावमा निर्णय गरेको छ । 


सभाले सदस्य सेवा केन्द्र थप गर्ने, संस्था एकिकरण (मर्ज) गर्ने, सेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने, कर्मचारी बोनोस वितरण गर्ने, साधारणसभाको निर्णय पुस्तिकामा प्रमाणिकरणका लागि सञ्चालक समितिको तर्फबाट र शेयर सदस्यको तर्फबाट प्रतिनिधि चयन गर्ने लगायतको प्रस्तावमा निर्णय गरेको छ । 


संंस्थाले सो अवसरमा संस्थाको वितिय स्थितीबारे बारे पनि जानकारी दिएको थियो । 


सभामा प्रस्तुत विवरण अनुसार संस्थाको शेयर पूँजी ८ करोड २९ लाख ७९ हजार रहेको छ भने जगेडा तथा अन्य कोष ५ करोड ३७ लाख ९ हजार ९३९ रुपियाँ रहेको छ । 


त्यसैगरी निक्षेप दायित्व १ अर्ब ५१ करोड १९ लाख १८ हजार १४९ रुपियाँ, अन्य दायित्वहरुमा ५ करोड ९९ लाख ३८ हजार ९ सय ११ रुपियाँ रहेको छ । 


संस्थाको कुल १ अर्ब ७० करोड ५२ लाख १५ हजार ९ सय ९९ रुपियाँको वितिय स्थिती रहेको जनाएको छ । 


सो अवसरमा संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शेयरकर्ता, वालबचत कर्ताहरुलाई सम्मान समेत गरिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD