१० बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

कुमारी घरबाट २५ वर्षअघि चोरी भएको ‘तोरण’ पुनःस्थापना


प्रकाशित: शनिवार, ६ कात्तिक २०८२, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । कुमारी घरबाट करिब २५ वर्षअघि चोरी भएको बहुमूल्य ‘तोरण’ औपचारिक रूपमा पुनःस्थापना गरिएको छ । 


जीवित देवी श्रीकुमारीको वासस्थानबाट २०५६ सालतिर चोरी भएको यो तोरण संयुक्त राज्य वेलायतस्थित बाराकाट संग्रहालयमा फेला परेपछि नेपाल फर्काइएको थियो । 


राष्ट्र संग्रहालय छाउनीमा संरक्षणमा राखिएको तोरण पुनः कुमारी घरमा स्थापना गरिएको हो । 


तोरण पुनःस्थापनाका क्रममा सहभागी स्थानीय प्रतिनिधिले यसलाई “सम्पदा पुनरुत्थानमा ठूलो उपलब्धि” भएको बताएका छन ।

 


तोरण कुमारी घरमा पुनःस्थापना हुँदा ‘खट बोकेर सहभागी हुन पाएको अवसर’लाई आफूले सौभाग्य मानेको काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले उल्लेख गरिन 
उनले सम्पदा फिर्ता गराउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेकी छिन । 


उनका अनुसार नेपाल सरकार, वेलायतस्थित नेपाली दूतावास, चोरिएका सम्पदाबारे अध्ययन–अनुसन्धान गर्ने संस्था, कूटनीतिक तथा कानुनी पहलमा संलग्न व्यक्तिहरू, समुदायका अगुवा तथा सम्पदाप्रेमी स्थानीयवासी सबैको संयुक्त प्रयासले यो सम्भव भएको हो ।


सम्पदा संरक्षण समुदायमै सुरक्षित हुने उल्लेख गर्दै उनले मठ–मन्दिर, विहार, बहाललगायतका स्थलबाट चोरी भएका थुप्रै कलाकृतिको पहिचान भइसकेको जानकारी दिइन ।


ती सम्पदालाई सम्बन्धित वडाको अगुवाइमा क्रमशः पुनःस्थापना गराउने अभियान अघि बढाइने बताइएको छ ।


“यस्ता अभियान सफल बनाउन सबै निकायबीच सहकार्य, समन्वय र सहयोग आवश्यक छ,” उनले भनिन । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex