२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कुमारीको इनारमाथि भएको छायांकनप्रति माफी मागे प्रकाश सपुतले


प्रकाशित: विहिवार, २१ मंसिर २०८०, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । बसन्तपुर डलवमीमा रहेको जीवित देवी कुमारीको इनारमाथि भएको छायांकनप्रति गायक प्रकश सपुतले माफी मागेका छन । 


गायक सपुतले चार महिना भएको उक्त म्युजिक भिडयो छायांकनको क्रममा अज्ञानवस भएको त्रुटीको कारण नेवाः समुदायलाई आफूलाई माफ गरिदिन आग्रह गरेका छन । 


उनले भने,‘ म कलाकारको रुपमा त्यहा थिए र मलाई त्यसरी ईनार माथी चढन हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदाय प्रति क्षमा चाहन्छु ।’


छायांकनबारे विस्तृत जानकारी दिँदै उनले चार महिना अगाडि आफूहरुले बसन्तपुरमा एउटा म्युजिक भिडियो को छायाङकन गर्ने क्रममा यो ईनार माथी थुप्रै मानिसहरु बसेर फोटो भिडियो बनाउदै रमाईरहेका बताउँदै ‘शर्ट राम्रो हुने देखे पछि निर्देशकले निर्देशन अनुसार एक्शन भने पछि फुत्त उक्लिए र नाचिहाले । भएको यत्ति हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ , नियत वा उदेश्य जोडिएको थिएन ।’


सो दृश्य भने आफूहरुले भिडियोमा नराखेको र बसेको मात्र राखेको उनले बताए । 


‘अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएको मा म दुखि छु । मनै देखि दुखि छु ।’ उनले भने ।

 
गीतमा नराखिएको तर छायांकनको क्रममा खिचिएको सो दृश्य केही समय अघि भाइरल भएपछि गायक सपुतको चर्को आलोचना हुँदै आएको छ । 


अहिले इनारको सुरक्षाको लागि चारै तिर अस्थायी रुपमा गमला राखिएको छ । इनारमाथि बस्न निषेध गरिएको सुचना समेत टाँस गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex