काठमाडौं । ललितपुरको कुपण्डोल कानदेवतास्थित एक सहकारी भवनमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरकाका अनुसार ललितपुर महानगरपालिका–१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा आगलागी भएको हो ।
८ तले भवनको छैटौं तलामा आगो लागेको आगो नियन्त्रणा आइसकेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिकाका तीन वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको थियो ।
क्षति विवरण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज