३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कुपण्डोल, लगनखेल, पुल्चोक तथा मङ्गलबजार सडकमा साइकल लेन निर्माण हुने


प्रकाशित: सोमबार, ९ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाको कुपोण्डोलदेखि लगनखेलसम्म तथा पुल्चोकदेखि मंगलवजारसम्म पहिलो चरणमा साईकल लेन निर्माण हुने भएको छ । 


ललितपुर महानगरपालिकाले नगरका भित्री भागमा साइकल मार्ग विकास गर्ने योजना अगाडि बढाएको महानगर प्रवक्ता राजु महर्जनले जानकारी दिए । 


नेपाल साइकल सोसाइटीले यसका लागि सम्भाव्यता अध्ययन कार्य गरिरहेको महानगरपालिकाले जनाएको छ । 


यहाँका ठूला सडकमा साइकल लेन निर्माणका लागि अध्ययन शुरु भएको र यसका लागि चालू आर्थिक वर्षको बजेटमा रु १० लाख विनियोजन भएको महानगरपालिकाले जनाएको छ । 


पर्यटकीय गन्तव्यका लागि पर्यटकीय बस सञ्चालनको योजना पनि रहेको प्रवक्ता महर्जनले जानकारी दिँदै महानगरपालिकाले वातावरणमैत्री सवारी साधनको प्रयोग बढाउने र पर्यटकलाई सुविधा दिने विषयमा गम्भीर भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex