१३ बैशाख २०८१, बिहिबार
Header

कुन बैंकले कति लाभांश घोषणा गरयो


प्रकाशित: शनिवार, १८ मंसिर २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । २३ बैंकले आफ्ना लगानी कर्ताहरुलाई लाभांश दिने घोषणा गरेका छन । 


प्रभु बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन । 


नबिलले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश, हिमालयन बैंकले  २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत, सानिमाले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन ।

 

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत,  एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव पाँच प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन । 


माच्छापुच्छ्रे बैंकले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य छ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन ।


नेपाल एसबीआई बैंकले सबैभन्दा कम तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।


लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत, एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद, कुमारी बैंैकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराइज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन । 


। घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD