४ भाद्र २०८३, बिहिबार
Header

कुखुरा फर्मबाट जुवा खेलिरहेका ३३ जना तीन लाख नगदसहित पक्राउ


प्रकाशित: शनिवार, २४ कात्तिक २०७५, १६ः०० बजे
- महानगरखबर

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । 


सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।


पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उपरीक्षक पोख्रेलले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex