१ भाद्र २०८३, सोमबार
Header

कुकुरलाई सार्वजनिक स्थालमा सौच गराए कार्वाही गरिने


प्रकाशित: शुक्रवार, २० माघ २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा सौच गराए कारवाही गर्ने चेतावनी दिएको छ ।


महानगरले विहिवार एक जरुरी सुचना जारी गर्दै घरघनीहरुले कुकुरलाई सार्वजनिक स्थलमा दिसापिसाव गराएको पाईएकोले सो कार्य नगर्न आग्रह गरेको छ । महानगरको सुचना विपरित फेरि पनि सो कार्य दोहोरिए कार्वाही हुने बताएको छ ।


सुचनामा भनिएको छ,‘ व्यक्तिले आफ्नो घरमा पालेको कुकुरलाई सार्वजनिक स्थलमा दिसा पिसाब गराउँदा बातवारण प्रदुषित भएको छ । कुकुरको दिसापिसावमा भएको जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा समेत हानी पुग्ने निश्चित छ ।’ 


‘फेरि पनि त्यस्तो गलत कार्य कहि कतै र कसैबाट भएको सूचना प्राप्त भए ललितपुर महानगरपालिकाले त्यस्ता व्यक्ति र संस्थालाई कानुन बमोजिम कडा कारवाही गरिने व्यहोरा जानकारी गराईन्छ ।’ जारी सुचना उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex