३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने


प्रकाशित: शनिवार, ७ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । कुकुरलाई सार्वजनिक स्थलमा जथाभावी शौच गराए काठमाडौ महानगरले कुकुरधनीलाई कारवाही गर्ने भएको छ । 


मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब यतिखेर जताततै भेटिन थालेको छ । 


महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको महानगरपालिकाले जनाएको छ । 


महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।


कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए । 


एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन । 


एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । 


कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।

 
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन । हाल काठमाडौँ महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex