काठमाडौं । काठमाडौंका कीर्तिपुर नगरपालिकामा मेयर पदको लागि यतिखेर उम्मेदावरहरुको चर्को चुनावी प्रचार प्रसार देखिएको छ ।
कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएका २० जनामध्ये एघार जना स्वतन्त्र उम्मेदवार रहेका छन ।
एक मेयर, वडा नम्बर १ तथा वडा नम्बर ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुने हुँदा आज आन्तिम प्रचार प्रसार गर्ने दिन आज विहिवार राती १२ बजेबाट मौन अवधि सुरु भएका छन ।
वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
मेयर (नगर प्रमुख) पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ३१ हजार १ सय १२ जना मतदाता रहेको कीतिपुरमा १० वडामा कूल २० मतदान स्थल र ३८ मतदान केन्द्र रहेको छ ।
२०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मीको निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
१) राजमान मानव, स्वतन्त्र मेयर उम्मेदवार
मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका राजमान महर्जन (मानव)ले आफू जित्ने दावी गरेका छन । उनलाई २ जना स्वतन्त्र उम्मेदवारले पनि समर्थन गरेका छन ।
उनको दावी छ, आफू मेयर जितेममा १५ करोडमै कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउने । कीर्तिपुरको ९० प्रतिशत भोट पाउनेमा आशावादी रहेको उनको भनाई छ ।
१५ करोडमै हामी कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउन सक्छौं।
कागजमा हेर्ने हो भने कीर्तिपुर नगरपालिकाको अहिलेको बजेट एक अर्ब ३० करोड छ। १५ करोडमै हामीले यो काम ग¥यौं भने नेपालकै नमूना हुनेछ ।
कीर्तिपुर नगरपालिकाले सबैभन्दा बढी कर उठाउँछ, करमा कस्छ भन्ने गुनासो छ । करलाई ५० प्रतिशतसम्म घटाउने मेरो योजना छ ।
सफाइ अभियन्ताबाट आफ्नो छवि स्थापित गरेमा मानवले समुदायसँग मिलेर कीर्तिपुरमा लहना रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । सफाइसँगै कीर्तिपुरको रैथाने परिकारहरू समेतको प्रबर्द्धन गरिरहेका छन ।
२) कृष्णमान डंगोल, नेपाली कांग्रेस
१५ वर्ष नगर समिति सभापति रहेर पार्टीमा काम गरिरहेका नेपाली कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोलले कीर्तिपुरको जनताको लागि मुख्य समस्या स्वास्थ्य सेवा रहेका बताएका छन ।
उनले सहरदेखि ५÷६ किमी दूरीमा पनि कहिलेकाहीँ समयमै अस्पताल पुग्न नसक्दा मृत्युवरण गर्ने अवस्था पनि देखिएको छ । त्यसकारण कीर्तिपुरमै सुविधा सम्पन्न एउटा कम्तीमा १५ शय्याको कीर्तिपुर नगर अस्पताल चलाउने मेरो योजना रहेको छ ।
मेरो उद्देश्य भनेको १५ शय्याको एउटा अस्पताल निर्माण गर्ने हो । २००, ५०० शय्याको अस्पताल बनाउँछु भनेर २० औं वर्षदेखि कुराकानी भए पनि अहिलेसम्म केही भएन । त्यही भएर मैले १५ बेडको अस्पताल बनाउने र त्यसमा थप गर्दै लैजाने योजना बनाएको छु ।
विष्णुदेवी अस्पतालको व्यवस्थापन सुधार गरेर अस्पताललाई व्यवस्थित बनाएर एक, दुई महिनाभित्रै २४ सै घन्टा आकस्मिक सेवा सुरू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । त्यसमा भिडिओ एक्सरेलगायत सुविधा र बर्थिङ सेन्टर पनि सुरू गर्ने उनको भनाई छ ।
नौमुले, सिम, दूधपोखरीलगायत स्रोतलाई व्यवस्थापन गरेर ३६५ दिन नै पानीको अभाव नहुने गरी म काम थालनी गर्छु ।
स्वास्थ्यमा ५० प्रतिशत छुट गरेर जनतालाई सुविधा दिने अभियान पूरा भइसक्यो। अहिले कीर्तिपुर अस्पतालमा ५० प्रतिशत छुटमा जनताले उपचार गराइरहेका छन्। जनताहरू धेरै खुसी छन ।
३) प्रा.डा. शिवरण डंगोल, नेकपा माओवादी केन्द्र
माओवादी केन्द्रले २०७९ सालमै उम्मेदवार प्रा.डा. शिवशरण महर्जन दोहो¥याएको छ। त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायको प्रमुख समेत भइसकेका उनी २०७२ पुस ३० गते त्रिवि सेवाबाट निवृत्त भएका थिए।
सुशासन र भ्रष्टाचारमुक्त कीर्तिपुर नै हाम्रो पहिलो प्राथमिकता हो। यसका अतिरिक्त नगरपालिकालाई व्यवस्थित गर्ने आदि कुरा पार्टीका एजेन्डा भइहाले। यसबाहेक कीर्तिपुरमा लथालिंग अवस्थामा रहेको खेलमैदानलाई व्यवस्थित गर्नेछु । समग्र खेल क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनेछु।
सबै विश्वविद्यालय सभामा स्थानीय प्रतिनिधि हुन्छ तर त्रिभुवन विश्वविद्यालयमा छैन। त्रिविलगायत हरेक क्षेत्रमा स्थानीयको प्रतिनिधित्व गराउने मेरो योजना छ।
४) डा. सुरेन्द्र मानन्धर, नेकपा एमाले
२०७० सालको दोस्रो संविधान सभामा नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र मानन्धर यतिखेर कीर्तिपुर मेयर पदका लागि प्रतिस्पर्धामा छन ।
१२ वर्षपछि कीर्तिपुर नगर प्रमुखको दौडमा रहेका मानन्धरले कीर्तिपुर लाई अहिलेको भन्दा राम्रो, एक लाख मानिस बस्नयोग्य सहर बनाउने योजना रहेको बताएका छन ।
सहरलार्य कसरी व्यवस्थित गर्ने, कसरी सुरक्षित राख्ने, वातावरणीय हिसाबले कसरी राम्रो सहर बनाउने भनेर हामीले केही कल्पना गरेर आफू अघि बढेको सुनाए । इच्छाशक्ति, चाहना र समयमा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने हो भने समय गौण कुरा हो । कीर्तिपुर बनाउन दुई वर्ष प्रयाप्त भएको दावी गरे ।
कीर्तिपुरलाइै हामी भोलिका दिनमा दिगो विकासको अवधारणका साथ अघि बढाउँछौं। त्यसका लागि पहिलो हाल भएका पूर्वाधारहरूलाई विकास गर्दै लैजान्छौं। दोस्रो, अहिले कीर्तिपुरमा नगरी नहुने कामहरूलाई प्राथमिकतामा राख्छौं।
अहिले सक्षम नेतृत्वको अभावले कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि अन्यौलमा रहेकाले सक्षम नेतृत्व आवश्यक भएको उनको भनाई छ । अहिले जनप्रतिनिधिबीचमा एकापसमा कामको तालमेल मिलिरहेको छैन। उहाँहरूबीचको एकताभाव क्षीण बन्दै गइरहेको छ । यी सबैलाई पूर्ति गर्नका निम्ति पनि समक्ष नेतृत्व निर्वाचित हुनु आवश्यक रहेको उनको ठहर छ ।
५) ई. ध्रुव महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी
वि.स. २०६२ सालमा कीर्तिपर नगरपालिका ६२ दिन मेयर भएका राप्रपाका ई. ध्रुव महर्जन यतिखेर फेरि मेयरको प्रतिस्पर्धामा छन ।
उनले यदि आफु मेयरमा जिते भने त्रिभुवन विश्वविद्यालय (टियु) संग कर उठाएरै छाड्ने प्रतिवद्धता जनाएका छन ।
टियुसंग नगरपालिकाले कर नउठाउने हो कीर्तिपुरे जनतालाई पनि मिनाहा गर्नुपर्ने उनको भनाई छ ।
उनले कीर्तीपुरका स्थानीय बजार प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्यमा ध्यान दिने, महिलाहरुलाई उद्यमी बनाउने प्रयास हुने बताए ।
६) कवि कुमार महर्जन, स्वतन्त्र उम्मेदवार
कीर्तिपुरको मेयर पदका युवा उम्मेदवार कवि कमार महर्जनले सडक व्यवस्थापन, सफा, सुन्दर, व्यवस्थित, लथालिंग कीर्तिपुरको लाई नयाँ ढंगबाट लगिने, पर्यटक आउने वातवारण, स्थानीय संस्कृतिको जगर्ने, विकास गर्ने, पार्किङ व्यवस्थापन गर्ने, प्राविधिक, व्यवहारिक शिक्षा, नैतिक शिक्षा दिने प्रतिवद्धता उनले कीर्तिपर जनता समक्ष राखेका छन ।
७) डा. नवरथ बानियाँ, स्वतन्त्र उम्मेदवार
कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार डा. नवरथ बानियाँले कीर्तिपुर नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता गरेका छन ।
कीर्तिपुरवासीलाई सरकार छ भन्ने प्रत्याभुति दिने, गुणस्तर, प्रशासनिक झन्झट खतम गर्ने लगायत गर्ने बताएका छन । छिटो, छरितो र विश्वसनिय काम गर्ने उल्लेख गरेका छन ।
८) श्रीकृष्ण महर्जन, नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन पनि मेयर पदका लागि प्रतिस्पर्धामा उत्रेका छन ।
उनले शिक्षामा जोड दिएका छन । १० कक्षा सम्म निःशुल्क पढाउने बन्दोबस्त गर्ने, बृद्धबृद्धाहरुलाई दिइने स्वास्थ्य सेवा प्रभावकारी बनाउने, घर–घरमा गएर हप्ताको एकचोटी नर्सहरुद्धारा बृद्धबद्धाहरुलाई चेकचाँज गराउने ।
९) मिम महर्जन, स्वतन्त्र उम्मेदवार
स्वतन्त्र युवा उम्मेदवार मिम महर्जनले पनि आफू मेयर पदमा बिजय भएपनि कीर्तिपुरको महार फेर्ने बताएका छन । उनले शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा काम गर्ने उल्लेख गरेका छन ।
त्यसैगरी कीर्तिपुर मेयर पदका लागि नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन, जनता समाजवादी पार्टी नेपालबाट दिपक महर्जन, स्वतन्त्र प्रेम बहादुर महर्जन, स्वतन्त्र दिनेशकुमार अधिकारी, स्वतन्त्र नरेश श्रेष्ठ, स्वतन्त्र धर्मरत्न मानन्धर, जनमत पार्टीबाट केशव श्रेष्ठ, नेकपा –एकिकृत समाजवादी)बाट भानु रिजाल, स्वतन्त्र नरेशराज पाण्डले मेयर पदमा उम्मेदवारी दिएका छन ।
उनीहरुले पनि कीर्तिपुरको समग्र विकासको एजेण्डाहरु राखेर प्रतिस्पर्धामा उत्रेका छन ।
कीर्तिपुरमा वि.स. २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याई नगर प्रमुखमा बिजय भएका थिए ।
त्यसबेला दोस्रो भएका एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए भने तेस्रो भएका नेकपा माओवादीका प्राडा. शिवरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए । महर्जन अहिले पनि मओवादीबाट मेयर पदमा उम्मेदवार छन ।
नेकपा एकिकृत समाजवादीका बटुककृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए भने राप्रपाका जितबहादुर विष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उम्मेदवार मनोज बुढाथोकीले ३६५ मत ल्याएका थिए ।
Categorized in स्थानिय