काठमाडौं । कीर्तिपुरको मेयर (प्रमुख) पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन ।
निर्वाचन आयोगका अनुसार डंगोलले ५ हजार ३३४ मत ल्याई बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण डंगोलले ४ हजार ५५५ मत पाएर दोस्रो भएका छन ।
नेकपा एमालेका डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएर तोस्रो भएका छन ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।
काठमाडौं- १६ वडा अध्यक्षमा रास्वपाकी रोजिना बिजयी
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ बिजयी भएकी छिन ।
श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी हुन ्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे। भने तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन ।
यस अघि २०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए ।
कीर्तिपुर - १ मा कांग्रेसका इच्छा कुमार बिजयी
कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन्
यस अघि ०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।
कीर्तिपुर- ४ मा कांग्रेसकै म्मेदवार राजेन्द्र बानियाँ बिजयी
कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे ।
Categorized in स्थानिय