१ भाद्र २०८३, सोमबार
Header

कीर्तिपुर नपा वडा ४ का अध्यक्ष अधिकारीको निधन


प्रकाशित: आईतवार, १० बैशाख २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ४ का बाईक दुर्घट्नामा परि घाईते भएका वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।


कीर्तिपुरका स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार माईतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारार्थ वडा अध्यक्ष अधिकारीको निधन भएको हो । 


बैशाख १ गते शुक्रवार वडाको पुष्पलाल पार्कमाथिबाट स्थानीय मनोज बुढाथोकीको बाईकमा घरतर्फ जाने क्रममा ओरालो बाटोमा बाईक अनियन्त्रित भई लडेका थिए ।


टाउकोमा गम्भीर चोट पुगेका अधिकारीको माईतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको थियो । 


बाईक चालक बुढाथोकी पनि घाईते भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex