३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना


प्रकाशित: शनिवार, २४ श्रावण २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना गरेको छ । 


शुक्रवार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गरेको हो । 


कीर्तिपुर नगरपालिकाको नयाँभवन अमल्सिमा स्थापना गरेको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताईन । 


कार्यक्रममा कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले उक्त कक्ष मापदण्ड अनुसार कै थप सुविधाहरू सहित आगामी दिनमा सहज रुपमा सञ्चालन गरिने जानकारी दिनुहुँदै कीर्तिपुर नगरपालिका अन्तरगत सञ्चालित स्वास्थ्य संस्थाहरूमा समेत स्तनपान सूचना कक्षको व्यवस्थापन गरिएको दिए । 


विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते ९१–७ अगस्ट २०२०० सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex