१६ चैत्र २०८०, शुक्रबार
Header

कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै 


प्रकाशित: शुक्रवार, १६ श्रावण २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुर नगरपालिकाले हरित सडक (ग्रीन रोड) र खाद्य सडक (फुड रोड) को अवधारणा ल्याई सोही अनुसार खाद्य सडक (फुड रोड) बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ । 


विहिवार एक कार्यक्रमविच कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ मा पर्ने फय्खा नगरको बाटोको दायाँबायाँ वृक्षारोपण गरी नगरलाई खाद्य सडक बनाउन लागेको हो । 


कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टिमुरको बोट रोपी यसको शुभारम्भ गरेका छन ।


सो अवसरमा साथै नगर उप–प्रमुख सरस्वती खड्का, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, ९ का अध्यक्ष गंगाराम महर्जन, १० का अध्यक्ष अमन महर्जन लगायत वडा सदस्यहरू र स्थानीयबासीहरूले वृक्षारोपण गरेका थिए । 


कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको हो  । 


नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत कीर्तिपुर नगरपालिकाले यो कार्य सुरु गरेका हुन । 


तेजपात र टिमुरका करीव १५० वटा विरुवा सो स्थानमा रोपेको थियो । ती विरुवाहरू राष्ट्रिय वनस्पति उद्यान गोदावरीले उपलब्ध गराएको हो । 


राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका कार्यालय प्रमुख दिपक लामिछानेले नगरलाई खाद्य सडक बनाउने नयाँ सोच ल्याएकोमा कीर्तिपुर नगरपालिकालाई हार्दिक धन्यवाद् दिएका थिए । 


उनले टिमुर र तेजपात जस्ता विरुवाहरू रोपेकोमा यसलाई आवश्यक स्याहार गर्न अनुरोध गर्दै यी विरुवाहरू अत्यन्त महत्वपूर्ण रहेको र विदेश निर्यात गर्ने मध्ये उत्कृष्ट ५ स्थानका विरुवाहरू भएको बताए । 


ज्ञानबज्र महर्जनले सञ्चालन गरेको कार्यक्रममा उप–प्रमुख खड्काले नगरपालिकाले नयाँ सोचका साथ कार्यान्वयन गरेको खाद्य सडकको महत्वको बारेमा प्रकाश पार्नुहुँदै उपस्थित सबैलाई धन्यवाद् दिएकी थिईन । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD