काठमाडौं । कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजकुमार नकर्मी, उपप्रमुख सुनिता शाक्यलाई कीर्तिपुर खड्गी समाजले बधाई तथा सम्मान गरेको छ ।
शनिवार एक कार्यक्रमविच खड्गी समाज भवनमा आयोजित सो कार्यक्रममा सम्मान गरिएको समितिका सल्लाहाकार रामकृष्ण खड्गीले जानकारी दिए ।
सो अवसरमा भवन रहेको वडा ३ का अध्यक्ष सुविन्द्र महर्जन, वडा सदस्य दिल कुमार शाही लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडाका वडावासीहरु, समितिका सल्लाहकारहरु देव नारायण खड्गी, श्यामलाल खड्गी,समितिका अध्यक्ष मोहन श्याम खड्गीको उपस्थिती रहेको थियो ।
कार्यक्रम समितिका सदस्य दिनेश खड्गीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Categorized in स्थानिय