काठमाडौं । कीर्तिपुरमा एक मृत महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।
प्रहरीको अनुसार हाल उनको पहिचान भने खुलेको छैन । अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।
Categorized in समाज