काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर (प्रमुख) पदको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता जारी छ ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार ६ वटा वडाको मतगणना हुँदा डंगोलले ३ हजार ३८५ प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरले अहिलेसम्म २ हजार ७२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान डंगोलले १ हजार २०७ मत ल्याएका छन ।
कीर्तिपुरमा ११ हजार ३ सय ४९ मतदान भएको आयोगकी प्रवक्ता कार्कीले जानकारी दिइन ।
काठमाडौंको काठमााडौं महानगरपालिका- १६ वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छिन ।
त्यस्तै कीर्तिपुरका वडा नं. १ कांग्रेसका इच्छा कुमार महर्जन र वडा ४ राजेन्द्र बानियाँ विजयी भईसकेको छ ।
आइतवार काठमाडौंलगायत देशका ४१ स्थानमा स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
Categorized in स्थानिय