२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

कीर्तिपुरमा एक व्यक्तिद्धारा आत्महत्या


प्रकाशित: शुक्रवार, २१ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा १० स्थित ट्याङ्लामा एक जना व्यक्तिले आत्महत्या गरेका छन । 


शुक्रवार विहान चितवन जिल्ला भरतपुर नगरपालिका १२ स्थायी घर भएका गणेश गौतमले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


महानगरीय प्रहरी वृत्त, कीर्तिपुर प्रमुख प्रनाउ छेदिलाल कामतीका अनुसार  गत दुई महिनादेखि किड्नीको बिरामी गौतम वीर अस्पतालमा डायलाइसिस गर्दै आएका थिए । 


बिहान करिब साढे ६ बजे भएको घटना ढोकामा आवाज आएपछि परिवार ब्युंझिंदा गौतम कौसीको ढोकामा छट्पटिरहेको देखेपछि तत्काल प्रहरीलाई जानकारी गराई कीर्तिपुर अस्पताल पुर्याईएको थियो । 


गौतमको अस्पतालको आकस्मिक कक्षमा जाँचपछि अस्पतालले मृत घोषणा गरिएको थियो ।  


कीर्तिपुर–१० का वडा अध्यक्ष अमन महर्जनको रोहवरमा मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि महाराजगञ्जस्थित शिक्षण अस्पताल पाईएको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ । 


हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्ने र लक डाउनले गर्दा समस्या भोग्दै आएको उनको पारिवारिक स्रोतले बताए । 


गौतमका एक श्रीमती, छोरा र छोरी छन । 

 

तस्वीर सौजन्यः विरेन्द्र शाक्यको फेसबुकबाट

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika