८ बैशाख २०८१, शनिबार
Header

कीर्तिपुरमा एक घरबाट २९ तोला सुनका गरगहना लुटपाट 


प्रकाशित: मंगलवार, २४ साउन २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ४ स्थित एक घरबाट २९ तोला सुन लुटपाट गरिएको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मंगलबार बिहान सवा ३ बजे तिर चोरी भएको हो ।


प्रहरीका अनुसार साढे २ तले घरमा पहिलो तलाको मूल ढोका फुटाएर घर छिरी लुटपाट गरेको हो । 


घरबाट एक लाख ५० हजार रुपैयाँ, अन्दाजी ११ तोला सुनका सात वटा चुरा, पाँच तोला सुनका दुई वटा सिक्री, छ तोला सुनका ९ वटा औंठी, दुई तोला सुनका एउटा नवरत्न लकेट, पाँच तोला सुनका नौ वटा टप चोरी भएको प्रहरीले जनाएको छ ।


त्यसैगरी, दुई वटा हिराका औंठी र तीन वटा हिराको नवरत्न जडान गरिएको तीन वटा औंठी चोरी भएको हो । 


कीर्तिपुरका स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार लुटपाट नारायण बस्नेतको घरमा भएको हो । घरमा ३ जना मात्र बस्ने गरेको । उनीहरु सबै ७० बर्षमाथिका बृद्धाहरु रहेको प्रहरीले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD