काठमाडौं । पोखरा बेलुन विस्फोटका घाईते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको कीर्तिपुरको वर्न अस्पतालमा उपचार भईरहेको छ ।
उनीहरुको अवस्थाबारे बुझन आइतवार राष्ट्रपति रामचन्द्र पौडेल विहान १० बजे अस्पताल जाने कार्यक्रम भएको उनको सचिवालयले जनाएको छ ।
शनिवार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते भएका थिए ।
भिडियो लिंकः
इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको थियो ।
पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।
सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।
Categorized in समाज