१४ बैशाख २०८१, शुक्रबार
Header

कीर्तिपुरमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु


प्रकाशित: सोमबार, ३० मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपर नगरपालिका वडा – ८ स्थित एक आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको छ ।


कोठालाई न्यानो बनाउन मकलमा आगो बालेर सुतेको उनीहरु दुवैको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । 


प्रहरीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार नवराज रञ्जितकारको श्रीमति र छोराको मृत्यु भएको हो । 


नवराज पनि सो कोठामा भुईमा सुतेका थिए भने आमाछोरा खाटमा सुतेको नवराजले प्रहरीलाई बताएका थिए । 


नवराजले प्रहरीलाई बताएर अनुसार ३ बजे बिहान नवराजका श्रीमती (शर्मिला) र छोराले सास फेर्न छोडिसकेका थिए । प्रहरीका अनुसार नवराजलाई पनि सास फेर्न कठिनाई भईरहेको थियो । 


पेन्टीङ पेसा गर्दै आएका नागढुंगाका नवराज कीर्तिपुरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD