२० बैशाख २०८१, बिहिबार
Header

कीर्तिपुरको प्यंगःथांबाट करुणामयको प्रतिमूर्ति हटाउने निर्णय


प्रकाशित: बुधवार, २९ चैत्र २०७९, २०ः०० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । परम्परालाइ निरन्तरता दिन तत्काल कीर्तिपुर–२ प्यंगःथांबाट करुणामयको प्रतिमूर्ति हटाईने भएको छ ।


विगत केहि महिनादेखि चुलिंदै आएको बुंग द्यः करुणामयको प्रतिमूर्ति विवादले करिब डेढ शताब्दिदेखि चलिआएको परम्परा संकटमा परेपछि परम्परालाइ निरन्तरता दिन सो निर्णय गरेको हो ।


आज (बुधवार चैत २९) गते कीतिपुर नगरपालिकाको कार्यकक्षमा बसेको परम्परागत दाफा बाजा खलः तथा सरोकारवाला समुदायको बैठकले उक्त निर्णय गरेको हो । 


कीर्तिपुर, प्यंगःथांमा करुणामयको मूर्ति रहेसम्म बुंगमतिका पानेजुहरु करुणामयको फूल, प्रसाद चढाउन नआउने भनेपछि ललितपुर, बुंगमतिको ह्यंगृव भैरव ३२ पानेजु संघ र प्यंगःथांस्थित सुखी गःछे‘ समाजबीच विवाद चर्किएर १६७९ वर्षदेखि चल्दै आएको परम्परा संकटउन्मुख थियो । 


सोहि विषयलाई मध्यनजर गरि कीर्तिपुर नगरपालिकाद्वारा आज सरोकारवाला परम्परागत दाफा, बाजं खलःका प्रतिनिधिहरु बोलाई बैठक आयोजना गरिएको थियो । 


कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको उपस्थितिमा बसेको बैठकमा सहभागी सरोकारवालाहरुले तत्काल उक्त मूर्ति प्यंगःथां चोकबाट हटाई नगरपालिकाको जिम्मेवारीमा ब्यवस्थापन गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको थियो । 


बैठकमा कीर्तिपुर नगरपालिकाका १, २, ३, ७, ९ र १० का वडा अध्यक्षहरु हिरालाल महर्जन, रुपेश महर्जन, सुविन्द्र महर्जन, दिवाकर अधिकारी, दिनेश श्रेष्ठ र नरेश महर्जनको पनि उपस्थिति रहेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD