३ भाद्र २०८३, बुधबार
Header

कीर्तिपुरका स्ववासीले लालपूर्जा पाउँदै


प्रकाशित: शुक्रवार, ६ भाद्र २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । पाँच दशकदेखि लालपूर्जाको पर्खाईमा बसेका कीर्तिपुरका स्ववासीले छिट्टै लालपूर्जा पाउने भएको छ । 


सरकारले २०१९ को नापी अनुसार स्ववासी नापी भएका जग्गाको पूर्जा लैजान कीर्तिपुरका स्थानीयबासीलाई बोलाउने भएको छ ।


यो सँगै कीर्तिपुर बासीको पाँच दशकदेखिको लालपूर्जा पाउने सपना पनि पूरा हुने भएको छ । 


सरकारले कीर्तिपुरका स्ववासी घरजग्गा दर्ता सम्बन्धी समिति गठन आदेश २०७६ नेपालले २१ दिने सुचना राजपत्रमा प्रकाशित गरेको छ । 


मालपोत ऐन २०३४ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले स्ववासी जग्गाको लालपूर्जा दिने प्रक्रिया सुरु गरेको हो । 


समितिले कीर्तिपुर नगरपालिकाका स्ववासी जग्गा धनीलाई लालपूर्जा लिन आग्रह गर्ने छ । श्रीमान श्रीमतीको सहमतिमा दुवै जना वा एक जनाको नाममा जग्गा दर्ता गर्न सकिने छ । 


यसको लागि निवेदनको साथमा धारापानी वा बिजुलीको बिल, नगरपालिकाको सिफारिश, स्ववासी दर्ता भएको मितिदेखिको मालपोत राजस्व तिरेको रसिद, विवाह दर्ताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, घर बनाएको भए नक्शापासको प्रमाणपत्र लगायतका तत्कालिन नापीका कागजपत्र पनि चाहिने छन । 


त्यसपछि समितिले जग्गा दर्ता हुने देखिएमा दावी विरोधको सूचना निकाल्ने छ । दावी विरोध नपरेमा अहिलेको न्यूनतम मूल्याङ्कन अनुसार हुन आउने रकमको ५ प्रतिशत रजिष्ट्रेशन शुल्क तिरेर जग्गाको लालपूर्जा दिइने छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex