२० बैशाख २०८१, बिहिबार
Header

किष्ट अस्पतालमा एक विरामीको मृगौला र कलेजो एकै पटक प्रत्यारोपण


प्रकाशित: मंगलवार, २३ असोज २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको मृगौला र कलोजो एकै पटक सफल प्रत्यारोपण गरेको जनाएको छ । 


मंगलवार अस्पतालले एक विज्ञप्ती जारी गरी सो प्रत्यारोपण सफल गरेको जनाएको छ । 


अस्पतालका प्रा. डा. सुरज बज्राचार्यका अनुसार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरिएको हो । 


श्रीमानले उनलाई कलेजो दान दिएका थिए भने उनकी ३२ वर्षीया भाउजूले मिर्गैला दान गरेकी हुन । 


नेपालको इतिहासमै पहिलो पल्ट यस किसिमको शल्यक्रिया गरेको प्रा.डा. बज्राचार्यले बताए । 


बज्रचार्यका अनुसार बिरामी महिलामा जन्मजात रोग देखिएको कारण कलेजोका कारणले दुबै मिर्गौला बिग्रिएको थियो । त्यसैले एकैसाथ दुबै अंगको प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD