काठमाडौं । पर्वत जिल्लाका फलेवास नगरपालिका–५ स्थित खानीगाउँकी एक किशोरी बलात्कार गरेर फरार रहेका अभियुक्तलाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन ।
भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भएका उनी सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो ।
फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
Categorized in समाज