१४ बैशाख २०८१, शुक्रबार
Header

किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जिते


प्रकाशित: शनिवार, २१ मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । किरण सिंह बोगटीले नेपालको लागि म्याराथनमा शनिवार स्वर्ण जितेका छन । 


१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन ।


उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक हासिल गरेका थिए । 


पुरुष म्याराथनको यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते ।


यस सन १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । 


साग खेलकुदको ईतिहासमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन । 


त्यसैगरी मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD